

कतारमा रहेको अमेरिकी एयरबेसमा इरानको मिसाइल आक्रमण




काठमाडौं । इरानले कतारको दोहामा अवस्थित अमेरिकी एयरबेसमा हमला गरेको छ । त्यस्तो हमला मिसाइल आक्रमण सहित गरिएको हो।
हाल इरानले संचार माध्यमबाट कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि हमला भएको भन्दै बेलायती समाचार संस्था द गार्डियनमा सूचना प्रशारण भएको छ। त्यहाँ यस अघि सैन्य संगीत बजिरहेको बेला स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भन्ने नारा समेत टाँगिएको छ।
हाल अमेरिकाले सो घटनाको अध्ययन सुरु गरेको जनाइसकेको छ भने कतारमा रहेका नेपालीलाई हाल दूतावासले सर्तक रहन समेत आग्रह गरेको अवस्था छ ।
सोही घटनाको आसपासमा कतामा हवाई उडान समेत अस्थायी रुपमा रोक्किएको खबर छ ।