

भिजिट भिसा प्रकरणमा बन्यो सरकारको छानबिन समिति




काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले छानविन समिति गठन गरेको छ । सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
यता, सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको अवस्था छ। उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने एक मन्त्रीले बताएका छन्।
साथै, सोही समितिलाई ३० दिनको समय दिइएको छ भने समितिमा गृह मन्त्रालय, श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्।