

सिद्धार्थ बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति




काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार ६ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।
अब कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ। जस मध्ये १५ लाख कित्ता अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। १० लाख कित्ता अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ ।
१० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ। ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।