

नेरुडे मिर्मिरे लघुवित्तले राख्यो ३७ हजार कित्ता सेयर बिक्रीमा




काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ३७ हजार ८०३ कित्ता संस्थापक सेयरको बिक्री खुलाएको छ । सो सेयर तीन जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको जनाइएको हो ।
यता, लघुवित्तको उक्त सेयर हाल कायम संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सोही सेयर किन्न चाहुने इच्छुक संस्थापक सेयरधनीहरुले अब आवश्यक कागजातसहित ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलान्चोकमा लिखित जानकारी गराउनुपर्ने जनाइएको छ।
साथै, ३५ दिनसम्म पनि कुनै जानकारी नआएमा सो सेयर अरु व्यक्तिलाई समेत बेच्ने लघुवित्तको तयारी रहेको छ ।