

फरवार्ड माइक्रोफान्सको संस्थापक सेयरको बिक्री खुलाइयो




काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्थापक सेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्चले संस्थापक सेयर बिक्री खुलाएको छ। सोही मञ्चले फरवार्ड माइक्रोफाइनान्समा रहेको ३ लाख ६२ हजार कित्ता सेयरको ब्रिक्री खोलेको हो ।
सेयर संस्थापक सेयरधनीसहित जोकोही व्यक्ती वा संस्थाले खरिद गर्न पाउनेल भन्दै यसअघि पनि संस्थापक सेयरधनीका लागि मात्रै बिक्री खुलाइएको जनाएको छ ।
अब सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सोही सेयर किन्न चाहेको मूल्य राखेर आवश्यक कागजातसहित सात दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंमा निवदेन पेश गर्नुपर्ने जनाइएको हो।