

महालक्ष्मी विकासको एपबाट विदेशी रेमिट्यान्स खातामा पाइने




काठमाडौँ । महालक्ष्मी विकास बैंकले मोबाइल बैकिङ्ग एप महालक्ष्मी स्मार्ट साथीबाट अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु गरेको छ । बैंकले सोही योजना अनुसार नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर बैंकको मोबाइल बैकिङ्ग एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिने जनाएको हो।
यता, १०० भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनीहरुबाट पठाइएको रकम सजिलै प्राप्त गर्न मिल्ने सो सुविधाको थप सँगै अब ग्राहकहरु रेमिट्यान्स रकम लिनको लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यताको अन्त्य हुने, लाइनमा बस्नुनपर्ने साथै समयको समेत बचत हुने विश्वास बैंकले लिएको छ।
त्यस्तै, सो सुविधको थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकङ्ग सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्दि«त हुने एवम् डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको यस बैंक मौबाइल बैकिङ्ग एपमै एकिकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरुमा पहिलो विकास बैंक बनेको जनाइएको हो।