

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको आवेदन दिन चाहनेलाई आज अन्तिम




काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गतको प्रभु क्यापिटलले जारी गरेको सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाइ खरिदको म्याद आजबाट सक्किदैछ। सो योजना गत जेठ २३ देखि संचािलत गरिएको हो।
कम्पनीले सोही स्किममा जेठ २७ सम्म मात्रै आवेदन दिने भने पनि असार ६ गतेसम्म समय लम्बयाईएको थियो भने सोही क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाइ बिक्रीमा ल्याएको जनाइएको छ।
त्यस्तै, खुलामुखी प्रकृतिको यस स्किमको कुल आकार ४ करोड इकाइको रहेको कम्पनीले जानकारी दिएको हो ।