

सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै




काठमाडौं । अब सिम्रिक एयर कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अन्तिम तयारी गरेको छ । यही असार २५ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले सोही सभामा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव समेत पास गर्ने भएको हो।
कम्पनीको सोही सभाबाट सदर भएसँगै आईपीओको प्रस्ताव पास हुनेछ भने लगानीकर्तालाई विरण हुने बोनस सेयर समेत सदर गरिनेछ । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनदेखि नाफा नोक्सान हिसाब एवम् नगद प्रवाह विवरणमा छलफल गर्ने जनाएको छ ।