

सीप मेलामा नेपाल लाइफको साझेदारी, प्रस्ताव आउँने बित्तीकै सहर्ष स्वीकार गर्यौ : सीईओ पराजुली




काठमाडौं । कसलाई रहर होला र ? काम गर्ने उमेरमा बेरोजगार बस्न किनकी काम गर्यो भने चौतर्फी विकास हुन पुग्छ । एक आर्थिक फाइदा त छँदै छ अर्को भनेको समयको सहि सदुपयोग हुन्छ । व्यक्तीमा एउटा काम गर्ने बानीको विकास हुन्छ, उसले मेहनतले खाने बानी बसाल्छ, दूरुपयोग गरेर रकम आर्जन गर्नु पर्दैन ।
तर, नेपाल जस्तो मुलुकमा जहाँ दैनिक यूवाहरु बाहिरी रहेका छन्, हजारौं बाहिरीएका छन्, राम्रो काम गर्न केही मुस्किल नै छ । यस्तो अवस्थामा समेत केही उपाय खोज्ने सक्रिय यूवाहरु पनि यही भेटिएका छन् । त्यस्ता यूवाहरुलाई ठूला संघ संस्था, मनकारी व्यक्तीत्व र समाजसेवीहरुले धेरथोर हात खोलेकै छन्, मुठ्ठी कसेका छैनन् । त्यसको उदाहरण बन्न पुगेको छ राजधानीमा संचालित पछिल्लो सीप मेला ।
यता, सोही मेलामा नेपालको सम्पूर्ण बीमा कम्पनीहरु मध्येको टप कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले समाजिक उत्तर दायित्वमा समेत निकै उदारता देखाउँदै आएको छ । सोही जीवन बीमा कम्पनीले राजधानीको भृकुटीमण्डपमा चलेको रोजगार तथा सीप मेलामा प्रवद्र्धन समेत गरेको हो ।
सोही मेलासँग सम्बन्धित एक भीडीयो अहिले सामाजिक संजलमा लोकप्रिय बनिरहेको छ । भीडीयोले बास्तविकता नै उजागर गरेकाले पनि त्यसको महत्व बढ्दो छ ।
भीडीयोमा भनिएको छ, हरेक सपना एउटा सम्भावनाबाट सुरु हुन्छ । सोही सम्भावना तब सफल हुन्छ जब पाइन्छ मार्गदर्शन सीप र सुरक्षा ।
हाल सीप मेला २०८२ मा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सुरु गरिको बताइएको छ । मेलाले १५ हजार यूवाहरुलई सीप सिकाउने लक्ष्य लिएको छ ।
मेलामा हाल नेपालका विभिन्न स्थानबाट यूवाहरु आएका छन् उनीहरु अवसर खोज्दै आएका हुन । आजको पुस्ताले उद्यमशीलता र आत्मनिर्भरता बाटो खोजेको र उनीहरुलाई हौसलाको खाँचो रहेको पनि भीडीयोमा भनिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीले पनि आफूहरुलाई सीप मेलाको प्रस्ताव आउँदा यूवा जनशक्तीलाई तालिम दिने, क्षमता अभिवृद्धि गर्नेदेखि माग अनुसारका आपूर्ती गर्न यही प्ल्याटफर्म निकै उपयोगी हुने सुनाएका छन् ।
सीईओ पराजुलीले क्षमता विकासँगै देशमा रोजगारीको अभाव हटाउने कुरामा र उनीहरुको क्षमता बढाउने दुवै काममा सीप मेलाले छुने विश्वास व्यक्त गरेका छन् । हाल नेपाल लाइफ इन्स्योरेन्स सीप मेला २०८२ को साझेदार बनेको छ ।
नेपाल लाइफ एक कम्पनी मात्र नभई उसले जीवन बीमासँगै समाजको विकासमा समेत सक्रिय हुने बताइएको छ । सोही योजना भने ३ वर्षे योजना रहेको र सीप मेला २०८२ मा निजी क्षेत्रको पनि सहयोग मागिएको र त्यसमा नेपाल लाइफ ठूलो सहयोगी रहेको बताइएको छ ।
मेलामा आवद्ध केही व्यक्तीहरुले आफ्नो लागि सो मेला निकै उपायोगी हुने समेत सुनाए । सहभागीले आफ्नो भविष्य उज्यालो बनाउन समेत सोही मेला सहयोगी हुने बताए । यूवाहरु आत्म निर्भर भए मात्रै देश समृद्ध बन्ने सन्देश पनि भीडीयोमा दिइएको छ ।