

राष्ट्रिय जीवन बीमा कम्पनीले सार्वजनिक गर्यो आव ०६९/७० को बोनस दर




काठमाडौं । नेपाल सरकारको समेत स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०६९/२०७० को बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको सूचनामा मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका बीमालेखहरूमा उसले प्रतिवर्ष प्रतिहजारका दरले बीमांकमा ५५ रुपैयाँ बोनस दर कायम गरेको हो।
त्यस्तै, कम्पनीका अनुसार २०८० साल माघ १७ गते बीमा प्रधिकरणले स्वीकृती दिएको समेत जनाइएको छ ।