

बैंकिङ क्षेत्र सुधारका लागि भन्दै गठन गरिएको कार्यदलद्धारा सुझाव माग




काठमाडौं । केही दिन अघि नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि बनाएको कार्यलले सुझाव माग गरेको छ । सोही कार्यदलले संस्था तथा व्यक्तिले सुझाव दिन सक्ने भन्दै सुझाव माग गरेको हो ।
त्यसरी माग गरिएको सुझावमा अनुभव र विज्ञतालाई ग्राहयता दिँदै २०८२ असार ११ गतेसम्म इमेलमार्फत सुझाव दिनु पर्ने भनिएको छ। यही बेलामा सेयर लगानीकर्ताहरुले समेत पुँजी बजारमा पनि नयाँ कार्यदलले सुधारका कदम चाल्न मद्धत पुर्याउने अपेक्षा गरि रहेका छन् ।