

छोरीको बर्थ डे पारेर रिलायबल नेपाल लाइफको बीमालेख गिफ्ट




काठमाडौं । कृष्णपुर नगरपालिका–०१ का बासिन्दा श्याम बहादुर बोहरा तथा सरिता देवी बोहराले आफ्नी छोरी सान्भी बोहरालाई बीमा पोलिसी उपहार स्वरुप प्रदान गरेका छन् । उनीहरुले छोरीको जन्मदिनमारिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमालेख दिएका हुन् ।
कम्पनीका अनुसार पश्चिममा रहेको अत्तरिया शाखाबाट किनेर सर्वशुलभ जीवन बीमा पोलिसी गिफ्ट दिइएको हो । बालबच्चलाई सुरक्षा समेत हुने र बर्थले मनाउने नयाँ तरिका रहेको रिलायबल नेपाल स्रोत बताउँछ ।
हाल अनावश्यक खर्च गर्नेदेखि कतिपय फजुल खर्चलाई बीमामा जोड्न सकेमा जम्मा ०.४१ पैसामा समेत बालबालिकाको १ लाखसम्मको जोखिम रक्षावरण हुने बीमालेखहरु नेपाली बीमा बजार आइसकेका छन् । अहिले बीमा बुझ्नेहरुले थोरै रकम भए पनि बीमामा जोडन रुचाएको देखिन्छ ।
बीमाको किस्ता बुझाउँनका लागि समेत अहिले एकल भुक्तानीदेखि बीमितले आफूलाई सहज हुने बेलामा छानीछानी बीमा पोलिसी किन्न तथा रकम बुझाउँन मिल्ने सुविधाहरु बजारमा आइसकेका छन् ।
ठीक यस्तै बेलामा रिलायबल नेपाल लाइफको पोलिसी बच्चाको गिफ्टमा प्रयोग हुँदा त्यसको सकारात्मक चर्चा हुन सुरु गरेको कम्पनीले बताएको हो ।