

ललितपुरको फ्लाइओभरमा शुक्रबारदेखि सवारी चल्न सुरु हुने




काठमाडौं । लामो समयको धैर्यतापछि ललितपुरको ग्वार्कोमा अवस्थित फ्लाइओभरमा गाडी चल्न सुरु हुने भएको छ । सोही ठाउँमा शुक्रबारपछि गाडी चल्ने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शुभारम्भ समेत गर्ने तयारी गरिएको फ्लाइओभरमा यही असार ६ गते उद्घाटन गरिने तालिका तय भएको छ।
सोही सडकको हाइलाटरदेखि अन्य ठूला साना निर्माणको काम पूरा भएसँगै अब संचालनको अन्तिम तयारीमा पुगेको बताइएको छ ।