

बुधबार ९० अर्ब खिच्दै राष्ट्र बैंक




काठमाडौं । बुधबार, नेपाल राष्ट्र बैंकले बजारबाट ९० अर्ब रुपैयाँ निक्षेप उठाउने जनाएको हो । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार ४ गते ९० अर्ब रुपैयाँ उठाउने भएको छ।
यता, राष्ट्र बैंकले ३५ दिन अवधीका लागि उठाउन लागेको ९० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले साउन ७ गते फिर्ता पाउनेछन् । ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले बताएको हो ।
यहि बेला राष्ट्र बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएको र रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिनेछ।