

गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रार बन्यो हिमालयन इन्भेष्टमेन्ट बैंकर




काठमाडौं । लघु बीमक गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रार तोकिएको छ । त्यस्तो जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई दिइएको हो ।
यता, आगामी दिनमा कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्नेदेखि दाखिल खारेज तथा नामसारी रोक्का राख्ने काम सोही इन्भेष्टमेन्टमार्फत हुनेछ।
त्यस्तै, गार्डिन माइक्रो लाइफको रजिष्ट्रर्ड कार्यालयमा गर्दै हिमालयन इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर जबरा तथा गार्डियन माइक्रो लाइफको तर्फबाट सीईओ चिरायु भण्डारीले सोही सेयर रजिष्ट्रार नियुक्तिका लागि सम्झौता सम्पन्न गरेका हुन् ।