

नेशनल लाइफको व्यतित बीमालेखको शुल्कमा छुट पाइने




काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले (लेट फी) अर्थात व्यतित बीमालेख नविकरण गर्दा ग्राहकहरुलाई बिलम्ब शुल्कमा सहुलियत प्रदान गर्ने भएको छ । जीवन बीमा कम्पनीले वि.स. २०८२ असार ३ गतेदेखि यही असार २० गतेसम्मको नविकरणमा बीमितहरुलाई भारी छुट दिने भएको हो ।
आज कम्पनीले जारी गरेको एक सूचनालाई आधार बनाउँदा वि.स. २०७५ चैत १ गतेदेखि हालसम्म व्यतित भएका कुनै पिन बीमालेखमा ५० प्रतिशत बिलम्ब सहुलियत प्रदान हुने जनाइएको छ।
यता, वि.स. २०७५ चैत २ गतेदेखि वि.स. २०७८ चैत १ गतेसम्ममा व्यतित भएका कुनै पनि बीमालेखहरुमा ६० प्रतिशत बिलम्ब शुल्क लाग्ने अवस्था छ। नेशनल लाइफ इन्स्योरेन्सले ग्राहकलाई अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिदेखि २०७८ चैत १ गतेबाट २०८२ असार ३ गतेसम्ममा व्यतित भएका कुनै पनि बीमालेखमा ७५ प्रतिशतसम्म बिलम्ब शुल्क लाग्ने सूचना सार्वजनिक गरेको हो ।
हाल कम्पनीले त्यस्तो अवसर प्रदान गरेसँगै बीमितहरुले छिट्टै बीमाशुल्क भुक्तानी गरेर मौकाको फाइदा उठाउने विश्वास समेत कम्पनीले लिएको छ ।