

सन नेपाल लाइफको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन




काठमाडौं । जीवन बीमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज असार ३ अन्तिम दिन रहेको छ । यसअघि कम्पनीले जेठ १९ गतेसम्म आवेदन दिन पाउने भने पनि तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि असार ३ गतेसम्मलाई म्याद थप गरिएको थियो ।
यता, कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार प्रतिकित्ता एक सय रुपियाँका दरले १ः०।२७ को अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
साथै, हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख ५ गते १ दिन बुक क्लोज गरिसकेको छ । तसर्थ वैशाख ४ गतेसम्म कायम रहने सेयरधनी मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको जनाइएको हो।