

नेपाल माइक्रोले इतिहास रच्दै ल्यायो ०.४१ पैसाको विद्यार्थी सुरक्षा लघुबीमा, १ लाखसम्म कभर हुने




काठमाडौं । बीमा गर्न कति पैसा लाग्छ ? के बीमा धनीमनीहरुले मात्रै गर्ने हो र ? हामीले कस्तो बीमा किन्नु पर्छ ?
यी यस्ता यावत प्रश्न उत्तरहरु नेपाली समाजमा कतिपय व्यक्तीहरुले बीमाको नाम सुन्ने बित्तीकै उत्पन्न हुने तर्क वितर्कहरु हुन् । हुन त नेपालमा मात्र नभई दक्षिण एशियाका कतिपय मुलुकहरुमा बीमाको बुझाईको स्तर उस्तै छ । जब टन्न पैसा हुन्छ तब मात्र बीमा गर्ने ।
तर, अहिले बीमाको डाइमेन्सन नै केही परिमार्जन भएको अवस्था छ । सरकारले नै लघु बीमा कम्पनीहरुलााई लाइसेन्स बाढीसकेको छ । त्यो पनि न्यून आय भएका विपन्न नागरिकहरुलाई बीमामा समेट्न।
अब यति चर्चा गरेपछि लघु बीमक मध्येकै टप कम्पनी नेपाल माइक्रोको नाम छुट्यायौं भने निकै खल्लो हुन्छ । कारण, यसले छोटो समयमा नै आफ्नो वार्षिक टार्गेट पूरा गर्न सफल भएको छ । त्यो पनि ठूला बीमा कम्पनीहरुले बीमा गर्न नसकेको ठाउँमा, अझ स साना रकमका न्यून प्रिमियम संकलन गरेर ।
अब लागौं मुख्य विषयतर्फ ।
बीमा गर्नलाई मोटो रकम चाहिन्छ भन्ने भ्रम अब लघु बीमाहरुले चिर्दिएका छन् । त्यसमा पनि लघु बीमा कम्पनीहरुकै गहनाको रुपमा स्थापित नेपाल माइक्रोको यति धेरै चर्चा गर्नुको पछाडी अहिले अरु लघु बीमा कम्पनीहरु मर्जरमा नगए चल्न धौ धौ अवस्थामा पुगेका छन् । यसबाट पनि एउटै प्रकृतीका व्यवसाय गर्न लाइसेन्स पाएका संस्थाले एउटै भूमिमा खाने नाफा घाटाको बारेका धेर थोर बुझ्न सकिन्छ ।
के हो विद्यार्थी सुरक्षा लघु बीमा ?
विद्यार्थी सुरक्षा लघु बीमा एक बीमा पोलिसी बीमालेख हो । उक्त लेख नेपाल माइक्रो इन्स्योरेन्सले नेपाली बीमा बजारमा ल्याएको छ । सो पोलिसीमा जम्मा ०.४१ पैसा प्रति दिन बुझाउँदा बीमा हुन्छ ।
उसले सानो प्रिमियम ठूलो केयर भन्ने नारा समेत बनाएको छ । यसबाट समेत उसको लघु बीमाले काम गर्नु पर्ने क्षेत्रमा रहेको स्पष्टता झल्काउँछ ।
विशेषताहरु :
लघु बीमाले ल्याएको नयाँ प्रोडक्टमा विद्यार्थीहरुको ट्युसन फी, व्याग र किताब कभरेज, आपतकालिन एम्लुबेन्स कभरेज, मानसिक परामर्श कभरेज, २४ घण्टा सुरक्षा कभरेज, उपचार खर्च कभरेज रहेका छन् ।
त्यसरी बुझाएको आधा पैसा भन्दा कम रकमले बाल बच्चाको १ लाख रुपैयाँसम्मको कभरेज हुनु भनेको अब हामीले बीमा गर्न नसक्ने होइन, बीमा नबुझेर मात्रै यसबाट टाढा भएका रहेछौं भन्ने सत्य स्थापित गरेको छ ।
यता, नेपाल इन्स्योरेन्सका केही उच्च कर्मचारीहरुले भने यस्तो योजना आफूहरुको सुरुवाती मात्रै रहेको र आगामी दिनमा अन्य विभिन्न नौला र बजारका माग अनुसारका प्रोडक्ट थप्दै जाने विश्वास व्यक्त गरेका छन् ।