

नेपाल राष्ट्र बैंकले बजारमा ल्यायो १० रुपैयाँको नयाँ नोट




काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि नेपाली बजारमा नयाँ नोटको सुरुवात गरेको छ । आजबाट चल्ती हुने गरी १० रुपैयाँको नयाँ नोट सुरुवात गरिएको हो।
सो नोट पहिलेको १० रुपैयाँकै आकारमा रहेको छ भने सगरमाथादेखि लालीगुराँससम्मका चित्रहरु सोही नोटमा देख्न सकिन्छ।
यता, यस अघिका गभर्नर महाप्रसाद अधिकारीको साइन राखेको नोटमा कृष्णसारको चित्र समेत देख्न सकिन्छ ।