

कुमारी बैंकको ५ लाख कित्ता सेयर सर्वसाधारणले किन्न पाउने




काठमाडौं । कुमारी बैंकले सेयरको बिक्री खुलाएको छ । उसले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर सर्वसाधारणले नै किन्न मिल्ने गरी बिक्री खुलाएको हो ।
यता, यो भन्दा पहिले राष्ट्र बैंकको नियमानु्सार बैंककै विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर बिक्रीमा राखेको भए पनि संस्थापकबाट पूर्ण रुपमा माग नभएपछि सर्वसाधारणलाई अवसर दिइएको अवस्था छ ।
हाल खुलाइएको सेयर किन्न ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सकिनेछ भने बिक्रेताको सम्झौता अनुसार सेयर ब्रिकी हुने जनाइएको छ ।