

बैंकिङ्ग क्षेत्र सुधारका लागि कार्यदल बन्यो, संयोजकमा तोकिए डा. रेवतबहादुर कार्की




काठमाडौं । बैंक वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि भन्दै ३ सदस्यीय सुझाव कार्यदल बनाएको छ। सोही कार्यदलमा धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की संयोजक तोकिएका हुन्।
यता, सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल सदस्य एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल कार्यदलका सदस्य सचिव तोकिएको जनाइएको छ ।
जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गरेको हो भने समितिलाई ३० दिनभित्र सुझाव पेस गर्न सुझाइएको छ ।
सोही कार्यदलको आजै सिबिफिनले स्वागत समेत गरिसकेको अवस्था छ ।