

नेपाल लाइफको विलम्ब शूल्कको छुट : असार ५ गतेसम्म हात पार्न सकिने




काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बीमाशुल्क बुझाउँन ढिला भएका बीमितहरुलाई लक्षित गरेर संचालन गरेको सुनौलो योजनामा सहभागी हुन अब जम्मा एक साता मात्रै बाँकी रहेको छ । कम्पनीले आफ्नो वार्षिक उत्सवको अवसरमा बीमितहरुलाई सिधैं आर्थिक लाभ हुने किसिमले प्रदान गरेको त्यस्तो अवधिको म्याद अब जम्मा एक हप्ता बाँकी रहेको हो ।
नेपाल लाइफका अनुसार आफ्ना बीमाशुल्क बुझाउँने अवधि नाघेर (लेट फि) बिलम्ब शुल्क बुझाउँनु पर्ने बीमितहरुलाई आगामी असार ५ गतेसम्म सहुलियत दिइने छ ।
नेपालको सबैभन्दा विश्वासिलो तथा विभिन्न सूचकमा एक नम्बरमा रहेको कारण पनि नेपाल लाइफमा आवद्ध बीमितहरुको संख्या अन्य कम्पनीको तुलनामा धेरै देखिन्छ । बीमा क्षेत्रका मुख्य सूचकहरुमा अग्रणी कम्पनी रहेकै कारण नेपाली बीमा बजारमा उसले संचालन गरेका विभिन्न रणनीतिहरु नेपाली बीमा बजारमा गुरु योजना समेत साबित हुने गरेको छ । बीमा कम्पनीहरु मध्ये पनि एउटा छुट्टै ब्राण्डको रुपमा स्थापित हुनुको कारण भनेको उसले आफ्ना ग्राहकहरुलाई दिने सेवा र ग्राहकहरुले गर्ने विश्वासको स्तर नै हो भन्दा फरक नपर्ला ।
आज त्यही विभिन्न सूचकमा आफूलाई मजबुत र सबल साबित गरिसकेको नेपाल लाइफ आफ्ना बीमितहरुलाई नेपाली बीमा बजारमा नै ऐतिहासिक छुटको अवसर प्रदान गरि रहेको छ । साथै, त्यस्तो छुटबाट अन्य ग्राहकहरुले समेत लाभ उठाउने मौका बाँकी रहेको भन्दै जीवन बीमा कम्पनीले आफ्ना ग्राहकरुलाई बीमाशुल्क बुझाएको समय हेर्न र समयमै शुल्क भुक्तानी गरेर उल्टै सहुलियत समेत लिन सुझाव दिएको छ ।
सबैभन्दा धेरै बीमितहरुको मन जितेकै कारण उसले आफ्ना लगानीको दायरालाई संकुचन नगरी थप बिस्तार गर्ने निती लिएको अवस्था छ ।
छुटको अवधि
नेपाल लाइफले जेठ १३ गतेसम्म कायम रहेको छुट आगामी असार ५ गतेसम्मलाई कायम गरेको अवस्था छ। सोही छुटको अवसर पाएका एक बीमितले अर्का बीमितलाई समेत सुझाव दिएको अवस्था छ ।
नेपाल लाइफको २५ औं वार्षिक उत्सवको अवसरमा बीमितहरुलाई समेत यति धेरै छुट पाइदैन है फेरी । भुक्तानी गरौ ढिला नगरी भन्ने कम्पनीको बिलम्ब शुल्क लक्षित मुख्य नाराले समेत समयमै बीमाशुल्क बुझाउँनु पर्ने र यसपालि भने त्यस्तो शुल्क बुझाउँनेले भारी छुट पाउने कुरा नेपाल लाइफले संचालन गरि रहेको हो।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मोटो रकम छुट दिइनु र लामो समयसम्म छुट कायम हुनुले पनि बीमितहरुमा बीमा गर्न बिलम्भ भएका नागरिकहरुमा समयमै बीमाशुल्क बुझाउँन समेत थप सक्रिय बनाउन मद्धत गरेको कम्पनीको अनुभव छ ।
पछिल्लो समय नेपाल लाइफले चलाएका यस्ता अवसरहरुले बीमितहरुलाई बीमासँगको सम्बन्ध थप प्रगाढ बनाउन मद्धत गर्ने विश्वास समेत लिइएको छ ।