

अकामा होटेलले आईपीओ जारी गर्ने




काठमाडौं । अकामा होटेल लिमिटेडले सर्वसाधारणको लागि आईपीओ ल्याउने भएको छ। सोही होटलले आईपीओ जारीको प्रस्तावसहित आगामी असार १० गतेका लागि विशेष साधारणसभा बोलाएको हो।
यता, गत चैत ३ गते पनि विशेष वार्षिक साधारणसभा सम्पन्न गरेको थियो भने सभा कम्पनीको आफ्नै रजिस्टर्ड कार्यालय, धुम्बाराहीमा बिहान साढे ११ बजे बस्ने तालिका तय भएको छ।
सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने, कम्पनीको जारी पुँजीमध्येको संस्थापक समूहको शेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ।