

धितोपत्र बोर्डलाई दबाबमा पार्ने प्रयासबाट जोगिनु : अर्थमन्त्री पौडेल




काठमाडौं। सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड सेबोनको वार्षिक उत्सवको अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल केही खुलेका छन् । उनले धितोपत्र बोर्डलाई दबाबमा पार्ने प्रयासबाट जोगिएर समग्र बजारको विकासमा केन्द्रित हुनुपर्ने सुनाएका हुन् ।
यता, बोर्डको सोही ३३औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले सेयर बजारमा भित्री कारोबार गर्नेलाई कारबाहीको दायरामा ल्याउन अनुरोध गर्दैै गलत गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए।
हाल पुँजी बजारको विकासमा ध्यान दिन आवश्यक रहेको सुनाएका उनले बजारमा नयाँ उपकरणहरू पनि प्रयोग गर्न सुझाव दिए भने सरकारले आउँदो आर्थिक वर्षको बजेटबाट सेयर बजारको सुधारमा अपेक्षा रहेको जानकारी दिए। उनले बोर्डको भूमिकालाई गुणात्मक रूपमा सुधार गर्न चाहेकोमा जोड दिएका हुन्।
साथै, नियमनले राम्रो कामलाई प्रोत्साहन गर्ने र गल्ती गर्नेलाई दण्डित गर्नुपर्ने धारणा र कुनै पनि नियामन निकाय स्वतन्त्र ढंगले काम गर्न सक्षम हुनुपर्ने उनको आशय थियो ।