

नेको इन्स्योरेन्सले लगानीकर्तालाई दियो आकर्षक लाभांश, झण्डै डबल डिजिट नजिक




काठमाडौं । नेपाली बीमा बजारमा बीना मर्जर नडराई (एक्लै नडग्मगाउदै) हिडेको नेको इन्स्योरेन्सले आफ्नो २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नेपाली निर्जीवन बीमा क्षेत्रमा सेवामूलक काम गरेरै चर्चा कमाएको उसको २९औं वार्षिक साधारण सभा आज नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न गरिएको छ। कहिले एम्बुलेन्स दिन दिएर होस् वा कहिले पिडीतलाई राहत र छिटो छरितो भुक्तानी दिएर होस् उसले आफ्नो स्वच्छ छवी बनाएकै छ ।
सोही कम्पनीको सभाले चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको हो।
सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरिएको नेको इन्स्योरेन्सले जनाएको छ ।
साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते १ दिन बुक क्लोज गरेको थियो। सोही प्रयोजनका लागि वैशाख २९ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने बताइएको हो ।