जस्ताको पनि रोजाईमा पर्न थाल्यो पन्च ईभी : दाम सस्तो कि मोडेल राम्रो ?
काठमाडौं । पछिल्लो समय नेपाली अटो क्षेत्रसँग नजिकीएका हुन् वा टाढा रहेका हरेकको मुखमा गुञ्जिन थालेको छ,‘पन्च ईभी’ । गाडी चढ्ने हैसियत भएकाहरुले सरक्क किनेर चढ्ने मात्र नभई आकर्षक मोडलका कारण गाडी चढ्न पाए हुन्थ्यो भन्नेहरु पनि केही हदसम्म लोभिन सुरु गरेका छन् ।
छोटो समयमा नै नेपाली बजारमा राम्रो चर्चा कमाउँन सफल भएको उक्त पन्च इभीको दाम सस्तो भएर हो वा मोडेल राम्रो भएर हो ? भन्ने प्रश्नको उत्तर त्यति गाह्रो पनि छैन । किनकी पन्च ईभी अन्य गाडीको तुलनामा त सस्तो छदै छ तर यसको दाम अनुसारको विशेषताहरु पनि निकै भएको पाइन्छ । नेपाली बजार सुहाउँदो मूल्यले पनि ग्राहकहरुलाई आकर्षण गरेको आवाजहरु गुञ्जयमान हुन थालेका छन् ।
कम्पनीका अनुसार केही दिन अघि नेपालमा बहुप्रतिक्षित रहदै आएको टाटाको पन्च इभी एकैपटक चार शहरमा लन्च हुन पुग्यो । देशका मुख्य शहरहरु चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ लन्च भएको सिप्रदीले जनाएको छ ।
सोही गाडी लन्चकै लागि पोखरामा आयोजना गरिएको कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए ।
पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ थियो । उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए । भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । गाडीको साँचो हातमा लिँदै कतिपय ग्राहकले टाटाको पन्च इभि चढ्न पाउँदा आफूहरू उत्साहित भएको बताएका थिए ।
हाल टाटा पन्च ईभीको प्रारम्भिक मूल्य जम्मा ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । हाल नेपालमा (फस्ट बायर) राम्रा मोडेलका सेकेण्ड ह्याण्ड गाडीको मूल्य २०,३० लाख रुपैयाँ पर्नु सामान्य हुन थालिसकेको जगजाहेर नै छ । तर, सस्तोमा यति राम्रो विशेषता भएको गाडी बजारमा आउँनुले पनि गाडी चढ्ने हुटहुटी भएकाहरु एक्कासी हौसिन सुरु गरेका छन् ।
पन्च ईभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, तीन सय ६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, छ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् । सो गाडीको ग्राउन्ड क्लियरेन्स एक सय ९० मिमि रहेको छ भने यसले बिउनसीएपीमा पाँच स्टार सेफ्टी रेटिङ पाएको कम्पनीले जानकारी दिएको छ ।