

बैंकर्स संघले भेट्यो नयाँ गभर्नर डा. पौडेल




काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था नेपाल बैंकर्स संघका पदाधिकारीहरूले नयाँ गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेको गनाइएको छ। नयाँ गभर्नर पौडेललाई सफल कार्यकालको शुमकामना दिन पुगेका उनीहरुले बैंक वित्तीय क्षेत्रलाई थप सबल र विश्वासीलो बनाउनु पर्ने बताएका हुन् ।
बुधबारबाट कार्यकाल सुरु गरेका नव नियूक्त गभर्नर पौडेलले पनि बैंक तथा वित्तीय संस्थाहरूको अपरिहार्यता माथि प्रकाश पार्दै आगामी दिनमा सबैजना हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका हुन् ।
सेयर बजार र उद्योगी व्यवसायीको सकारात्मक नीतिमा मैत्री भाव राख्ने प्रकृतिको नयाँ गभर्नर राष्ट्र बैंकले पाएको भन्ने चर्चा चलिरहेको बेलामा उनले बैंकका सीईओहरुलाई पनि केही आशावादी बनाउँदै भरोसा समेत जगाउन सुरु गरेको बुझिएको छ ।
नयाँ गभर्नरको रुपमा उदायका पौडेलले एक्लैले भन्दा पनि समग्रतामा सबैको मिलनबाट धेरै काम गर्न सकिने भाव व्यक्त गरेका हुन् ।