

सलिकोको झण्डा फहराउदै कविता नेपाली सगरमाथामा, एडभेन्चरको जोखिममा हात थाप्छौं : सीईओ क्षेत्री




काठमाडौं । मर्जरपछि नेपाली बीमा बजारमा आफ्नो निकै राम्रो सक्षमता प्रदर्शन गर्दै आएको सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सको झण्डा सगरमाथाको चुचुरोसम्म पुगेको छ । कबिता नेपालीले छोटो समयमा लोत्से र विश्वको सर्वोच्च (पिक) सगरमाथामा आफ्नो पाइला राख्न सफल भएसँगै कम्पनीले पनि आफ्नो झण्डा समेत हाईगेस्ट पीकमा पुगेको सुनाएको हो ।
बीमा दर्पण डटकमसँगको कुराकानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले भने, ‘हामीले पहिलेदेखि नै यस्ता खेलकुद र एडभेन्चर साहसिक खेलमा सहभागीता देखाउँनेलाई साथ दिँदै आएका छौं, बीमा कम्पनीकोतर्फबाट त्यस्तो खेलमा धेरै जोखिम हुने भएकाले हामीले खेलाडी व्यक्तीहरुको प्रोत्साहको लागि पनि त्यसरी सघाउने गरेका हौं ।’
सीईओ क्षेत्रीका अनुसार सगरमाथा आरोही नेपालीको यसपाली सलिकोले रेस्क्यू अप्रेसन बीमा तथा व्यक्तीगत दूर्घटना बीमा गराएको थियो । भनाईको मतलब उनलाई आवश्यक परेको कुनै पनि उद्धाको बेलामा र सानो ठूलो दुर्घटनाको जोखिम सलिकोले बोकेसँगै नेपालीले सगरमाथा चढ्न थालनी गरेकी थिइन ।
कम्पनीले यस अघि पनि पत्रकार, महिला तथा खेलकुदमा रुची राख्ने र जोखिममा देश विकासका लागि र गौरवपूर्ण काम गर्ने जो कोहीलाई सघाउन तत्पर रहदै आएको बुझिएको छ ।
छोटो समयमा इन्स्योरेन्स कम्पनीको झण्डा सगरमाथाको चुचुरोमा पुगेसँगै अहिले नेपाली मात्र नभई अन्तर्राष्ट्रिय बीमा बजारमा समेत चर्चा हुन सुरु गरेको अवस्था छ ।