

डा. विश्व पौडेल बने नेपाल राष्ट्र बैंकको गभर्नर




काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गरिएको छ । उनलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले सोही गभर्नर पदमा नियुक्त गरेको हो ।
यता, सोसँगै डा. पौडेल राष्ट्र बैंकका १८ औं गभर्नर बन्न सफल भएका छन् भने लामो समयपछि सरकारले गर्भनर चुन्न सफल भएको छ । यसअघि महाप्रसाद अधिकारी चैत २४ गते कार्यकाल सक्किएर बिदा बसेसँगै डा. निलम ढुंगाना तिम्सिना कामु गभर्नरमा तोकिएकी थिइन ।
अब भने गभर्नरको दौडमा धेरै उत्तरचढाव देखिए पनि डा. पौडेलले सरकारको विश्वास जित्न सफल भइसकेको अवस्था छ ।