
गरिमा क्यापिटल लिमिटेडको दशैं, तिहार लक्षित बम्पर अफर सार्वजनिक



काठमाडौं । “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले बम्पर दशै, तिहार अफर सार्वजनिक गरेको छ ।
गरिमा क्यापिटल लिमिटेडले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरी नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कातिक ३० गतेसम्मका लागी सो अफर आयोजना गरेको हो । यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली तीन जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्नेछन् । यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कातिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो शेयर खाता खोल्नु पर्नेछ ।
ग्राहकवर्गहरुले यो अफर अन्तर्गत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट (www.garimacapital.com) मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिने छ। यो योजना अन्तर्गत (https://ckyc.cdsc.com.np/login) लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरोशेयर खाता खोल्न सकिनेछ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१–४५२९१४९/५०, ५९७०१७५ र मोबाईल नम्बर ९८४७३७९१०८ भाइबार, ह्वाट्सएपमा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैःफेसबुक, इन्टाग्राममार्फत जानकारी लिन पनि सकिनेछ ।
साथै, गरिमा क्यापिटल लिमिटेडको तर्फबाट बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।

