यसपालिको इन्द्रजात्रा मनाउने धुमधाम तयारी हुँदै, शेयर बजार बन्द रहने
काठमाडौं । यसपालिको इन्द्रजात्रा मनाउने धुमधाम तयारी भइरहेको छ । काठमाडौं उपत्यकामा सो पर्व हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने गर्छ ।
विशेष गरेर काठमाडौं, ललितपुर, भक्तपुरमा सो पर्व मनाइन्छ । लगातार एक सातासम्म मनाइने इन्द्रजात्राको अवसरमा राजधानीको बसन्तपुरमा विशेष घुँईचो लाग्ने गर्छ। विगतका वर्षहरुमा जस्तै प्राचिन कालबाटै हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर जात्रा सुरु हुने गर्छ।
कुमारी देवी तथा जीवित देवीका रूपमा मनाइने यस परम्परामा श्री गणेश र श्री भैरवको पनि रथयात्रा हुनेगछ । आज इन्द्र जात्रा मनाउनकै लागि उपत्यकाका कार्यालयहरु बन्द रहेका छन् । सरकारले नै सार्वजनिक बिदा दिँदै आएको छ भने आज शेयर बजार पनि बन्द रहने छ ।
इन्दजात्रा हेर्नको लागि बालबच्चा, यूवादेखि बृद्धसम्मको उत्साहजनक घुँईचो लाग्ने गरेको देखिन्छ ।