
मिस्टर एण्ड मिस फ्रेसर २०२४, भव्यताका साथ सम्पन्न हुँदै



काठमाडौं । मिस्टर एण्ड मिस फ्रेसर २०२४ भव्यताका सम्पन्न भईरहेकोे छ । काठमाडौंको उत्तरी भेग (बसुन्धारा) मा रहेको पुरानो र चर्चित साउथ वेस्टर्न स्टेट कलेजको अल्मोनाई संस्था सेसन (नेपाल) सो कार्यक्रमको आयोजक रहेको छ । सन् २०१८ बाट सुरु भएको सो कार्यक्रममा यसपालि करिब ३० जना प्रतिभाशाली विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।
कार्यक्रमको उदेश्य
आयोजकहरुका अनुसार कार्यक्रममा विद्यार्थीहरु आफू भित्र लुकेका विभिन्न नप्रतिभा देखाउँन सक्नेछन् । सोही कार्यक्रममा विद्यार्थीहरुले वाक कला, व्यक्तीत्व विकास तथा मानसिक स्वास्थ्य सम्बन्धि गतिविधिहरुमा सहभागीता जनाउँन सक्नेछन् ।
गत भदौं ११ बाट सुरु भएको यसपालिको कार्यक्रम आगामी असोज तीन गते फाइनल चरणमा पुग्नेछ । सो कार्यक्रममा भदौं १६ गते प्रिजेन्टेसन, १७ गते सामूहिक छलफलका चरण, २२ गते प्रतिभा देखाउँने कार्यक्रम, २३ गतेदेखि असोज २ गतेसम्म र्यामवाक तथा कोरियोग्राफी सम्बन्धि तालिम सम्पन्न हुने तालिका छ । कोरियोग्राफी र र्यामवाकको नेत्तृत्व केशव गौतमले गर्दै आएका छन् ।
त्यस्तै, सम्पूर्ण कार्यक्रमको नेत्तृत्व भने सुरज विश्वकर्माले सम्हालिरहेका छन् । उनी सोही कार्यक्रमको सन् २०२१ को विजेता समेत हुन् । कार्यक्रमको संयोजकको रुपमा निरज लामिछाने, आदित्य बिस्ट रहेका छन् ।
साथै, सेसन नेपालको अध्यक्ष मेधाविनी ढकाल, उपाध्यक्ष प्रतिज्ञा न्यौपाने, कोषध्यक्ष संदिप गुरुङ रहेका छन् ।
प्रायोजकहरु
सो कार्यक्रमको प्रायोजकको रुपमा नेपाल एयर होस्टेस एकेडेमी, यति सोल, एङग्री ब्रदर्श, फुटुङ्ग फुटसल, स्काई वाक काठमाडौं रहेका छन् । टेक्निकल पार्टनरको रुपमा सालिक टेक रहेको छ ।
एभरेष्ट फिल्म एकेडेमीको समेत सहकार्य रहेको सो कार्यक्रमको मिडीया पार्टनरको रुपमा बीमा दर्पण डटकम रहेको छ ।




