

एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश




काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गर्ने , साधारण सभा गर्ने तथा लगानीकर्ताहरुलाई चमत्कारिक खुशी प्रदान गर्दै आएको समयमा एनएलजी इन्स्योरेन्सले समेत लाभांश घोषणा गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश घोषणा गरेको हो।
उता, कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रूपैयाँको २।५० प्रतिशत बोनस शेयर तथा ०।१३१५७९ प्रतिशत नगद लाभांश कर समेत गरि लाभांश दिने भएको छ ।
उक्त लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरण तथा कम्पनीले आगामी वार्षिक साधारण सभा दुवैबाट सदर भएसँगै लगानीकर्ताहरुले हात पार्नेछन् ।