

सानिमा जिआईसीको नाफा बढ्यो




काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा बढाउन सफल भएको छ। कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो नाफा देखिएको हो ।
सानिमा जिआईसीले चैत मसान्तसम्म २३ करोड ३५ लाख रूपैयाँ खुद नाफा गरेको वित्तीय विवरणमा देखिन्छ। यता, गत आवको समिक्षा अवधिमा भने कम्पनीले २० करोड ९ लाख रूपैयाँ खुद नाफा गरेको थियो ।
तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको कुल आम्दानी १ अर्ब २ करोड ६४ लाख, कुल खर्च ६९ करोड २८ लाख रूपैयाँ देखिएको छ । खुद ब्याज आम्दानीतर्फ ४९ करोड ५२ लाख रूपैयाँमा कायम गरेको कम्पनीको चुक्ता पूँजी २ अर्ब रूपैयाँ, महाविपत्ति कोषमा ४ करोड ३५ लाख रूपैयाँ, जगेडा कोषमा २८ करोड ९६ लाख रूपैयाँ रहेको अवस्था छ ।
साथै, सानिमा जिआईसी इन्स्योरेन्सको ईपिएस १५.५७ रूपैयाँ तथा प्रतिशेयर नेटवर्थ १५८.३२ रूपैयाँ कायम रहेको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ ।