

बुधबार नेप्से परिसूचकमा उत्साहजनक वृद्धि, १० अर्ब माथिको कारोबार




काठमाडौं । साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको । परिसूचक बढेको दिन सेयर बजारमा साढे १० अर्ब माथिको कारोबार भएको हो।
सोही समयमा नेप्से परिसूचक ६२.२५ अंकले बढेको छ भने २.३८ प्रतिशतले बढेको बजारमा २६७३.६९ अंकमा पुगेर नेप्से सूचक रोक्किएको देखिन्छ ।
बुधबार फाइनान्स समूह ५.४७ प्रतिशतले सबैभन्दा धेरै बढेको बेलामा ३ सय ८ कम्पनीहरुको २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता बराबरको सेयर खरिद ब्रिकी भएको देखिन्छ । ठीक सोही समयमा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत नाफा कमाउदा ङादी हाइड्रोका लगानीकर्ताले ४.५० प्रतिशतले घाटा खाए। उक्त नाफा घाटा आजको अपडेटका लागि अन्य कम्पनीहरुको तुलनामा उच्च रहेको नेप्से सूचकमा देखिन्छ ।
साथै, विगत केही समयदेखि गभर्ननर बिहीन बनेको बैंक वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तीको चर्चाले समेत सेयर बजारको कारोबारमा ठूलो प्रभाव पुर्याएको देखिन्छ ।
यद्यपी नयाँ आउँने गभर्नरले शेयर बजारप्रति लिने नयाँ नीतिले नेपाली सेयर बजारले कस्तो मोड लिन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।