

स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना हुने




काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने र यस योजनालाई थप मजबुत बनाउने भएको छ। संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी गरेका हुन्।
स्वास्थ्य सम्बन्धी सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गरिने भन्दै स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने बताइएको हो ।
साथै, सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रम पनि आगामी दिनमा स्वास्थ्य बीमामा आबद्ध गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।