

नेको इन्स्योरेन्सले जेठ ९ गते साधारण सभा बोलायो, ७ प्रतिशत लाभांश पारित हुने




काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणस सभा बोलाएको छ । उक्त सभा कम्पनीले जेठ ९ गते गर्ने भएको हो ।
कम्पनीले गर्न आँटेको सोही २९ औँ वार्षिक साधारणसभ सभाले मुख्य रूपमा चुक्ता पुँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता सेयरका लागि ७ कित्ताका दरले बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्ने जनाइएको छ।
त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते १ दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा वैशाख २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने जनाइएको हो।