

ओरियन्टल इन्स्योरेन्स कम्पनीले ७८ औं स्थापना दिवसको अवसरमा मनायो रक्तदान कार्यक्रम




काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनीले आफ्नो ७८ औं स्थापना दिवस (फाउण्डेसन डे) अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आज बिहिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि सो रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम ओरियन्टल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टोटोन चक्रवर्ती लगायत विभिन्न उच्च तहका कर्मचारीहरुले सहभागीता जनाइरहेका छन् ।
ओरियन्टल इन्योरेन्सको काठमाडौंस्थित डिल्लीबजार चारखालमा रहेको कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भइरहेको छ । कार्यक्रमको सुरुवातमै ३० जनाले रक्तदान गर्न इच्छुक देखिएका थिए भने बाँकीले समेत नाम टिपाइरहेका छन् । विषेश गरेर बीमा क्षेत्रमा नजिक रहेकाहरुले रक्तादानमा रहभागीता जनाइरहेका छन् ।