

निफ्राको सञ्चालक बने सुमन पोखरेल




काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०को सञ्चालक सुमन पोखरेल बनेका छन् ।ऊनी ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन्
।
यता, सञ्चालक रहेका रत्नराज बज्राचार्यले राजीनामा दिएपछि रिक्त पदमा ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै पोखरेल सञ्चालक बनेको खबर प्राप्त भएको छ । बैंकको सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गरेको जनाइएको छ।
त्यस्तै, बैंकका कम्पनी सचिव बन्धु गौतमका अनुसार अध्यक्षमा विशाल ग्रुपका प्रतिनिधि अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा सरकारका प्रतिनिधि श्रीकृष्ण नेपाल, इमर्जिङ नेपालका प्रतिनिधि लालमणि जोशी, प्रवीण सुवेदी र स्वतन्त्र सञ्चालकतर्फ महेश प्रसाद दाहाल रहेको बताइएको हो।
म्बमब