

प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी, यस्ता छन् योग्यताको मापदण्ड




काठमाडौं । रहर कस्लाई हुन्न र बैंक वित्तीय संस्थामा जागिर खानलाई ? त्यसमा पनि सुटेड-बुटेड भएर शितल कोठामा काम गर्न पाइने एवम् आफ्नो दक्षता प्रयोग गर्दै राम्रो तलब, भत्ताको सुविधा पनि हात पार्न । नेपाली अर्थ बजारमा त्यस्तो परिदृश्य भन्ने बित्तीकै झट्ट याद आउन सक्छ बैंक-वित्तीय क्षेत्रको जागिर ।
तर, कसरी खाने त्यस्तो ठूलो पूँजी भएको कम्पनीमा जागिर ?
बैंक वित्तीय क्षेत्रले सिमित समयमा मात्रै कर्मचारीहरु माग गर्ने भएकाले पनि धेरैलाई त्यस्तो अवसर पर्खाईको विषय बन्ने गरेको छ । साथै, ती व्यक्तीहरु नै ठूला संस्थाका सफल कर्मचारी बनेको उदाहरण पाइन्छ जसले एक कदम भए पनि प्रयास गर्छ ।
त्यस्तै, योग्य-अयोग्यको बारेमा जानकारी लिन पनि कतिपयलाई एक पटक भए पनि बैंक वित्तीय संस्थामा अन्तर्वाता दिन्छु या भनौ जागिरमा प्रयास गर्छु भन्ने हुन्छ ।
हाल निर्जीवन बीमातर्फको प्रभु इन्स्योरेन्सले केही योग्य कर्मचारीहरु माग गरेको अवस्था छ ।
यस्तो छ मापदण्ड
प्रभु इन्स्योरेन्स लिमिटेडले रोजगारीका लागि आवेदन खुलाएको छ । इन्स्योरेन्स कम्पनीले एकसाथ विभिन्न पदमा कर्मचारीहरु माग गरेको हो। कम्पनीका अनुसार चार्टर्ड अकाउन्टेन्ट र अफिसरसिनियर अफिसररए,एम.रडी.एम. पदका लागि दरखास्त आह्वान गरिएको छ।
यता, चार्टर्ड अकाउन्टेन्ट पदमा दुई जना कर्मचारी माग गरिएको छ । यसका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । बीमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ भने एनएफआरएस–१७ मा ज्ञान र नीति–नियमअनुसार कार्य गर्न सक्ने क्षमता चाहिने कम्पनीले उल्लेख गरेको छ ।
साथै, अफिसर, सिनियर अफिसर, ए.एम. वा. डी. एम. पदका लागि केही संख्यामा कर्मचारी माग गरिएको छ । यसका लागि कम्तीमा स्नातक तह पास गरेको हुनु पर्नेछ । बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान, ग्राहकसँग सरल व्यवहार गर्न सक्ने र योजनाबद्ध रूपमा काम गर्न सक्ने क्षमतायुक्त उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले बताएको हो।