

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घट्यो




काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक बढ्न पुगेको छ। हिजो मंगलबार बढेको बजार आज बुधबार पनि बढेको हो ।
यता, आज सेयर बजार परिसूचक ९ दशमलव ७५ अंकले बढेको बेलामा कारोबारपछि परिसूचक २६९८ दशमलव ९७ विन्दुमा पुगेको देखिन्छ।
त्यस्तै आज सेयर बजारमा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४५ अंकले बढेर ४५२ दशमलव ०६ विन्दुमा पुगेको छ तथा सेयर बजारमा १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य बढेको छ भने ४ वटाको मूल्य घटेको देखिएको हो ।
साथै, परिसूचक बढे पनि कारोबार रकममा कमी आएको अवस्था छ । आज ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ रूपैयाँको कारोबार भएको छ भने हिजो मंगलबार साढे ८ अर्व भन्दा माथिको कारोबार भएको थियो । बुधबार ५ कम्पनीमा सकारात्मक सर्किट लागेको हो।