

सुनसरीमा गोली प्रहार गर्ने व्यक्तीको परिचय खुल्यो




विराटनगर । सुनसरीको देवानगञ्जमा गोली प्रहार गर्ने व्यक्ति पत्ता लागेको छ। उनी देवानगञ्ज ७ का कामेश्वर यादव रहेको बताइएको हो । सोही गोली काण्डका लागि पिन्टु मेहताले मोटरसाइक चलाएका थिए भने उनको मोटरसाइकलमा बसेर यात्रा गरि रहेका शिवकुमारलाई देवानगञ्ज : ७ का कामेश्वर यादवले गोली हानेका हुन्।
व्यक्तीगत रिसीवी, आर्थिक हिनामीना, आपसी असमझदारी वा अज्ञात समूहले डकैत गरे जसरी कुन कोणबाट गोली चलेको हो भन्ने बारेमा प्रहरीले हाल गहिरो अनुसन्धान गरि रहेको छ । गोली हाने लगत्तै फराररहेका यादव भने हालसम्म प्रहरीको नियन्त्रणमा आइसकेका छैनन् ।
नयाँ वर्षको पहिलो दिनमै झम्के साँझमा चलेको गोलीले तीन जनालाई घाइते बताएको छ भने त्यस्तो घाइते देवानगञ्ज गाउँपालिका : ७ स्थायी ठेगाना रहेका २१ वर्षीका शिवकुमार मेहता, रविन कुमार यादव तथा पिन्टु यादव छन् ।
पछिल्लो समय उक्त घटनाको गहन विश्लेषण तथा सुक्ष्म निरीक्षण समेत भइरहेको अवस्था छ ।