
राष्ट्र बैंकको कुल सम्पत्ति ३० प्रतिशतले बढ्दा, चालु आवको बजेटभन्दा २ खर्बले बढी देखियो



काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ३०.१६ प्रतिशतले वृद्धि भएको अवस्था छ। उक्त समयमा केन्द्रीय बैंकको २०८१ असारसम्मको अवधिमा कुल सम्पत्ति ३०।१६ प्रतिशतले बढेर २० खर्ब ६७ अर्ब पुगेको तथ्यांक सार्वजनिक भएको हो ।
यता, २०८० सालको असार मासान्तसम्मको अवधिमा राष्ट्र बैंकको कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब रहेको थियो भने नेपाल राष्ट्र बैंकको २०८१ को असार मसान्तसम्मको सम्पत्ति नेपालको चालु आर्थिक वर्षको कुल बजेटभन्दा २ खर्बले बढी हो । नेपाल सरकराले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँ रुपैयाँ बजेट ल्याएको थियो।
त्यस्तै, राष्ट्र बैंको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षको अवधिमा नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ४७.६४ प्रतिशतले वृद्धि भएको छ । तथ्यांकअनुसार २०७७ असारसम्म १४ खर्ब कुल सम्पत्ति रहेको राष्ट्र बैंकको सम्पत्ति हाल २० खर्ब ६७ अर्ब पुगेको हो । पछिल्ला पाँच वर्षको अवधिमा केन्द्री बैंकको सम्पत्ति एक वर्ष घटेको छ भने अन्य चार वर्षमा भने वृद्धि भएको देखिन्छ ।
२०७८ असारसम्म १५ खर्ब ३८ अर्ब कुल सम्पत्ति रहेको राष्ट्र बैंकले त्यसको अर्को वर्ष २०७९ असारसम्ममा आइपुग्दा घटेको छ । २०७९ सालमा केन्द्रीय बैंकको कुल सम्पत्ति १५ खर्ब २७ अर्बमा सीमित हुन पुग्यो ।
केन्द्रीय बैंकको वैदेशिक मुद्रमा रहेको सम्पत्ति पनि यो अवधिमा बढेको छ । २०७७ सालको असारसम्ममा ७ खर्ब ३ खर्ब रहेको यस्तो सम्पत्ति २०८१ को असारमसान्तसम्ममा १९ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । यस्तो सम्पत्ति २०८० को असार मसान्तमा १४ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो ।
त्यसरी नै राष्ट्र बैंकको विदेशी नेपाली मुद्रामा रहेको सम्पत्ति भने घटेको छ । २०७७ असारसम्म राष्ट्र बैंकको नेपाली मुद्रामा रहेको सम्पत्ति ६ खर्ब ९६ अर्ब रहेकोमा हाल अर्थात् २०८१ असारसम्म भने १ खर्ब १ अर्बमा झरेको छ ।
साथै, राष्ट्र बैंकको कुल सम्पत्तिसँगै कुल दायित्व समेत बढेको छ । राष्ट्र बैंकको २०८१ असारसम्म कुल दायित्व १५ खर्ब १८ अर्ब पुगेको तथ्यांक सार्वजनिक भएको छ । उक्त तथ्यांक समिक्षा अवधिको तुलनामा ४ खर्बले बढी रहेको छ भने २०८० असारसम्म राष्ट्र बैंकको कुल दायित्व ११ खर्ब १८ अर्ब रहेको जनाएको हो।

