

तीन अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो




काठमाडौं । मंगलबार नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । यसदिन ३.४४ अंकले घटेर बजार २६६६.६१ बिन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१६, फ्लोट इन्डेक्स ०.०३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१३ प्रतिशतले घटेको छ ।
सोमबारको तुलनामा आज कारोबार रकम भने घटेको छ । यसदिन पाँच अर्ब २८ हजार सात हजारको कारोर भएको छ । अघिल्लो दिनमा पाँच अर्ब ५५ करोड ७१ लाखभन्दा बढी कारोबार भएको थियो ।
आज कुल ३२० कम्पनीको शेयर कारोबार भयो । जसमा १२१ कम्पनीको मूल्य बढ्यो भने १२३ वटाको घटेको छ ।
आज तीनवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्यमा सर्किट लागेको हो ।
बाराही हाइड्रोपावर, सिन्धु विकास बैंक र सामुदायिक लघुवित्तका लगानीकर्ताले क्रमशः ६.७२, ६.५२ र ५.२८ प्रतिशत घाटा बेहोरेका छन् ।
नेप्सेका अनुसार आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक, होटेल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, म्युचुअल फन्ड र ‘अन्य’ समूहमा गिरावट आएको छ भने बाँकीको बढेको छ ।
कारोबारका आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५९ करोड १४ लाख ४२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।