

सुनको मूल्य घट्ने क्रम जारी, मंगलबार तोलाको कति पुग्यो ?




काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक लाख ७३ हजार ८०० रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदा प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।