


बीमा प्राधिकरणका पुर्वअध्यक्ष डा.प्रफुल्ल कुमार काफ्लेको निधन



काठमाडौं । नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समितिका) का पूर्व अध्यक्ष डा. प्रफुल्ल कुमार काफ्लेको निधन भएको छ । काफ्लेको निधनको बारेमा बीमा प्राधिकरणका एक कर्मचारीले जानकारी दिएका हुन् ।
तत्कालिन बीमा समितिका अध्यक्ष रहेका काफ्लेले बीमा क्षेत्रमा प्रवेश गर्नु अघि नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरको रुपमा समेत आफ्नो जिम्मेवारी सम्हाली सकेका थिए ।
नेपाली बैंक वित्तीय क्षेत्रमा उनको योगदानको बारेमा अहिले चर्चा भइरहेको अवस्था छ ।