


उच्च अदालतको आदेशसँगै रवीलाई समात्न घरमै प्रहरी तैनाथ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने आदेश जारी भएसँगै उनलाई समात्म प्रहरी परिचालन गरिएको छ । उच्च अदालतको आदेश आएसँगै उनलाई पक्रन प्रहरी घरमै पुगेको हो।
हाल लामिछानेको बसाई राजधानीको उत्तरी भेग बूढानीकण्ठमा रहेको छ । अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उनको घरमा पुगेका हुन् ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप लागेका लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश दिएको हो ।