


जाजरकोटमा भुकम्पको धक्का



काठमाडौं । देशको पश्चिम भेगमा पर्ने जाजरकोट जिल्लामा भुकम्पको धक्का महशुस गरिएको छ । सो स्थानमा ५.२ म्याग्निच्युटको भुकम्प गएको हो ।
भुकम्प मापन केन्द्रले ८ बजेर ७ मिनेट जाँदा कम्पनको मापन गरेको जनाइएको छ भने केही वर्ष यता ठूलो भुकम्पको कारण सोही जिल्लामा ठूलो जनधनको क्षती भएको थियो ।
तत्कालको भुकम्पले पुर्याएको विनाशको के कति हो भन्ने खोजी भइरहेको छ ।