


धरौटीमा छुटेका रवी लामिछानेलाई थुनामा राख्न उच्चको आदेश



काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट रास्वपाक सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरिएको छ । उनलाई जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै यता उच्च अदालतले थुनामा पठाउने आदेश दिएको हो ।
त्यस्तै, जिल्ला अदालतले दिएको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन समेत दिइएको थियो भने उनलाई थुनामा पठाउने आदेश जारी भएको छ ।
साथै, न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासबाट लामिछानेलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी बेलामा बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा रास्वपाका सभापति लामिछने १ करोड धरौटीमा छुटेका थिए । उनले जिल्ला अदालत रुपन्देहीमा सो धरौटी बुझाएको बुझिएको छ ।
अहिले लामिछानेका समर्थकहरुमा उनलाई अदालतको आदेश अनुसार थुनामा पठाइने हो कि होइन भन्ने मुख्य चासोको विषय बनेको अवस्था छ ।