


थाइल्याण्ड जहिल्यै पनि पर्यटकको आकर्षणमा, पर्यटक बीमामा समेत देखियो अग्रसर



काठमाडौं। थाइल्याण्डमा सरकारले ल्याएको बीमा योजनाका राम्रो आकर्षण देखिएको छ । पर्यटकहरु थाइल्याण्ड जाँदा त्यहाँको सरकारले त्यस्तो योजना अघि सारेसँगै केयौँ पर्यटकहरु लाभान्वित हुन पुगेका हुन् ।
थाइल्याण्ड सरकारको बीमा योजना
बढी अन्तर्राष्ट्रिय पर्यटक भित्राउने ठूलो योजना राखिने थाइल्याण्डमा बेला बखत विभिन्न योजनाहरू ल्याउने गरिएको छ । जस्तै सन् २०२४ मा थाइल्याण्ड सरकारले त्यहाँको खेलकुद तथा पर्यटन मन्त्रालयसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि स्वास्थ्य बीमा घोषणा गरेको थियो जसमा विदेशी पर्यटकहरूले थाइल्याण्डमा दुर्घटना भोग्नुपरेमा लगभग १९ लाख रुपैयाँ बराबरको चिकित्सक कभरेज र मृत्यु भएमा ४० लाख रुपैयाँसम्मको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने भनिएको थियो । त्यसबाट थाइल्याण्ड घुम्न आउने पर्यटकहरुले निर्धक्क भएर आफ्नो छुट्टीको मज्जा लिन सहयोग पुग्ने अपेक्षा राखिएको थियो । सो योजना सन् २०२४ को फेब्रअरीबाट अगस्ट ३१ सम्म मात्र लागू गरिएको थियो ।
यता त्यस्तो योजनामा सहभागी हुनको लागि पर्यटन भिसा भएका विदेशीहरूले प्रान्तीय पर्यटन र खेलकुद कार्यालयहरू वा सुवर्णभमि र मुअङ जस्ता विमानस्थलहरुमा अवस्थित पर्यटक सहायता केन्द्रहरूमा आफ्नो कागजात बुझाएर सहभागी हुनसक्ने भनेर विज्ञप्तिमा भनिएको थियो । खेलकुद तथा पर्यटन मन्त्रालयका सचिव मोङ्कोन विमोनराटले भनेका थिए कि मन्त्रालयले विदेशी पर्यटकहरूलाई बीमा कभरेज वितरण गर्न आफ्नो थाइल्याण्ड ट्राभलर सेफ्टी प्लेटफर्म प्रयोग गर्नेछ । पर्यटक प्रहरी ब्यूरो र राष्ट्रिय आपतकालीन चिकित्सा संस्थानले त्यसलाई कार्यान्वयन गर्न सहयोग गरेका थिए ।
सोही योजनाले पनि सन् २०२४ को अन्त्यसम्म ३.५ करोड बढी विदेशी पर्यटकको आगमन गराउन महत्वपूर्ण भूमिका खेलेको थियो । गत वर्ष मात्रै थाइल्याण्डले अन्तर्राष्ट्रिय पर्यटकको आगमनबाट ७० खर्ब रुपैया भन्दा बढी राजस्व संकलन गरेको थियो ।
थाइल्याण्ड सरकारले सन् २०२५ मा ४ करोडभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक स्वागत गर्ने महत्वकांक्षी योजना राखेको छ । जसबाट ८८ खर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य रहेको छ जुन सन् २०२५ मा ल्याईएको बजेटको ५९ प्रतिशत हुन आउँछ । त्यहाँ विलासी यात्रा अनुभवहरू र विशिष्ट बजारहरू मार्फत उच्च मूल्यका पर्यटकहरूलाई आकर्षित गर्न सन् २०२५ मा अमेजिङ थाइल्याण्ड ग्रान्ड टुरिज्म एण्ड स्पोट्रस इयर २०२५ नामको योजना ल्याईएको छ ।
बीमामा अग्रसरता
जसरी पूर्वी एसियामा पर्ने थाइल्याण्डले पर्यटकहरू आकर्षण गर्नको लागि बेलाबखत विभिन्न योजनाहरू अगाडि सार्ने गरेको छ त्यसैगरी पर्यटन व्यवसायको राम्रो सम्भावना भएको नेपालले पनि निजी तथा सरकारी संयन्त्रहरूसँग मिलेर आकर्षक योजना ल्याउनुपर्ने देखिन्छ । विभिन्न योजनाहरू मध्ये नेपाल सरकारले नेपाल घुम्न आउने पर्यटकहरू लक्षित गरी सरकारी तथा निजी बीमा कम्पनीहरूसँग मिलेर बीमाको कार्यक्रम ल्याउन सके त्यसबाट नयाँ लाभ मिल्ने पक्का छ ।
थाइल्याण्ड शिक्षा स्वास्थ्य पर्यटन उद्यम लगानी लगायतका कुराहरूको लागि महत्वपूर्ण गन्तव्य बन्दै आएको छ । सन् २०२४ मा द टेलिग्रा म्यागजिन ले विश्वमा भ्रमण गर्नैपर्ने शीर्ष २० गन्तव्यहरूमध्ये थाइल्याण्डलाई पनि राखेको थियो भने बैंकक शहरलाई युरोमोनिटर इन्टरनेसनले २०२४ मा विश्वको शीर्ष पर्यटन शहरहरूको रूपमा नामाकरण गरेको थियो । थाइल्याण्डलाई आइरिस ट्राभल ट्रेड अवार्ड २०२४ बाट सर्वश्रेष्ठ विश्वव्यापी गन्तव्य भनेर सम्मानित गरिएको थियो । थाइल्याण्ड विशेषत जीवन्त संस्कृति, स्वादिष्ट खाना, मनमोहक परिदृश्यहरू, किफायती मूल्यहरू, न्यानो आतिथ्यता जस्ता कुराहरूको लागि विश्वमै प्रसिद्ध मानिन्छ । थाइल्याण्ड ७०० खर्ब रुपैयाँ बराबरको ग्राहस्थ उत्पादन भएको पूर्वी एसियाको देश हो । पछिल्लो समय थाइल्याण्ड कयौं नेपालीहरूले छुट्टी मनाउने एक महत्वपूर्ण गन्तव्यको रुपमा विकसित हुँदै गइरहेको पनि छ । थाइल्याण्ड सरकारले सन् २०२५ मा १४९.२५ खर्ब बराबरको बजेट ल्याएको थियो ।
हाल नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तथा १९ गते मङ्गलबार र छिमेकी राष्ट्र भारतको प्रधानमन्त्री नरेन्द्र मोदी चैत २१ गते मात्र बिमस्टेकमा सहभागी हुन् थाइल्याण्ड पुगेको अवस्था छ । उक्त देशमा सात देशका प्रमुखहरूबीच खुल्ला क्षेत्रीय व्यापार लगायत अन्य सहकार्यमूलक आर्थिक विकासको विषयमा छलफल हुने अपेक्षा गरिएको बताइएको छ । सोही बेलामा थाइल्याण्डको बीमा योजना समेत अध्ययन गर्दा त्यहाँको सरकार लचिलो देखिएको हो ।